+

पलेशालाई फ्रान्सेली दूतावासको सम्मान

२०८१ असोज  १ गते २०:३० २०८१ असोज १ गते २०:३०
पलेशालाई फ्रान्सेली दूतावासको सम्मान

१ असोज, काठमाडौं  । नेपालको पहिलो पारालिम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई फ्रान्सेली दूतावासले सम्मान गरेको छ ।

काठमाडौंस्थित फ्रान्सेली दूतावासमा आयोजित कार्यक्रममा पेरिस पारालिम्पिककी कांस्यपदक विजेता गोवर्छन र नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो ।

पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमूनि तौल समूहमा कांस्य जितेकी थिइन् । जुन नेपालको लागि खेलकुदमा अहिलेसम्मको ठूलो उपलब्धी हो । उनले कांस्य भिडन्तमा सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै ऐतिहासिक पदक जितेकी हुन् ।

नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको ६ दशक र पारालिम्पिकमा सहभागिता जनाउन थालेको दुई दशकपछि पलेशाले कुनै पनि ओलम्पिक खेलकुदमा नेपालका लागि आधिकारिक पदक जित्ने पहिलो खेलाडी बनेकी हुन् ।

कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत भर्जिनय कोर्टेभालले पलेशाको कडा महिनेत र सफलताप्रति बधाइ दिइन् ।

खेलकुद पलेशा गोवर्द्धन पारा तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय