+
+

विवाह भंग गराउने ब्रेकअप सेवा, शुल्क ७५ हजार रुपैयाँ

एजेन्सी एजेन्सी
२०८१ असोज २ गते ९:१३

हालै एउटा हिन्दी चलचित्र सार्वजनिक भएको थियो, जसमा प्रमुख नायक पात्रले दम्पतीहरूको सम्बन्ध सम्बन्धमा तोडिदिने सेवा अर्थात् ब्रेकअप सर्भिस सञ्चालन गर्ने गर्दछन् ।

फिल्मको कथा अनुसार उनले त्यस्ता व्यक्तिहरूलाई सेवा प्रदान गर्छन् जसलाई पतिपत्नी वा प्रेमी प्रेमिकासँगको सम्बन्ध अन्त्य गर्नका लागि कसैको सहयोग चाहिएको छ ।

फिल्ममा त्यस्तो साइड बिजनेसबाट ती पात्रले राम्रो पैसा पनि कमाउँछन् । तर सुन्दैमा यस्तो अनौठो लाग्ने पेसा के यथार्थमा होला र ?

हामीलाई पत्यार नलाग्न सक्दछ । फिल्मको पात्र बाहेक वास्तविक जीवनमै केही व्यक्तिले ब्रेकअप सर्विसको कामलाई आफ्नो पेशाकै रुपमै अंगीकार गर्दा रहेछन् ।

समाचार अनुसार स्पेनमा बस्ने अर्नेस्टो नामक व्यक्तिले कम्पनी नै खोलेर ब्रेकअप सेवा प्रदान गर्दै आएका छन् ।

कुनै जोडीलाई आफ्नो विवाह तोड्न वा ब्रेकअप गर्न आवश्यक परेमा अर्नेस्टोसँग सम्पर्क गर्दछन् । उनले एकजना पेशेवरको रूपमा सम्बन्ध विच्छेद गराउने वा ब्रेकअप गराउने काम गर्दछन् ।

उनले अत्यन्तै व्यवसायिक कौशलका साथ काम गर्दछन् । आफ्नो ग्राहकको भुपु मायालु वा जोडीसँग भेटेर उनले आफु नै उसको साँचो प्रेमी भएको दाबी गर्दछन् ।

कहिलेकाहीँ तथा बिहे समारोहमै पुगेर उनले आफ्नो उक्त ग्राहकसँग पहिलेदेखि नै प्रेम सम्बन्ध रहेको दाबी गरिदिन्छन् ।

उनले यति कुशलतापूर्वक यस्तो झुट बोल्दछन् कि उनीमाथि कसैले झुटो बोलेको शंका नै गर्न सक्दैन । जसले गर्दा त्यस्तो वैवाहिक वा प्रेम सम्बन्ध कुनै विवाद विनै टुंगिन्छ ।

कति लिन्छन् शुल्क ?

अर्नेस्टोले यस कामका लागि सेवाग्राहीसँग चर्कै शुल्क लिन्छन् र आफ्नो कामको पूरै ग्यारेन्टी दिन्छन् । उनको काम नै ढुक्कसँग विवाह तोड्ने वा ब्रेकअप गराउने हो ।

उनलाई सेवाग्राहीले केवल पैसा दिनुपर्छ । त्यसपछि सेवाग्राही यस कुरामा निश्चिन्त हुन सक्छन् कि जससँग उनको विवाह हुन लागेको छ, त्यो विवाह तुरुन्तै तोडिनेछ ।

आफ्नो अनौठो जागिरका कारण अर्नेस्टो निकै चर्चामा छन् । उनले आफैंले एक भिडियो मार्फत आफ्नो कामको बारेमा जानकारी दिएका छन् । उनको आधारभूत शुल्क ५ सय ५० डलर अर्थात् करीब ७५ हजार रुपैयाँ रहेको छ ।

आफ्नो कामबारे बताउँदै उनी भन्छन्- ग्राहकले केवल स्थान, समय र मिति बताउनुपर्छ । त्यसपछिका सबै बाँकी काम कसरी सम्पन्न गर्ने भन्ने जिम्मा म माथि छोड्नुपर्छ।

बिहेको याममा ब्रेकअप सेवाका लागि उनलाई यतिधेरै अनुरोधहरू आउँछन् कि उनले ओभरटाइम काम गर्नुपर्छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?