+
+

वित्तीय लागत उच्च हुँदा नेपाल वेयरहाउजिङको नोक्सानी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ९:५४

२ असोज, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको नोक्सानी एक वर्षकै अवधिमा झन्डै दोब्बर भएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा खुद नोक्सानी ८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नोक्सानी ४ करोड १० लाख रुपैयाँ थियो ।

कम्पनीको आम्दानी भने गत आर्थिक वर्षमा उल्लेख्य बढेको छ । अघिल्लो आवमा कुल आम्दानी ३२ लाख ४६ हजार रहेकोमा गत आर्थिक वर्षमा यो १ करोड ४८ लाख रुपैयाँ छ ।

कम्पनी नोक्सानीमा जानुको मुख्य कारण वित्तीय लागत बढ्नु देखिन्छ । कम्पनीको कुल आम्दानीभन्दा वित्तीय लागत नै दोब्बरभन्दा धेरै छ । अघिल्लो आवमा ८० लाख ९ हजार रहेको वित्तीय लागत गत आवमा ३ करोड ३१ लाख रुपैयाँ छ । वित्तीय लागतका साथै अन्य खर्चहरु बढ्दा कम्पनीको नोक्सानी उच्च दरले बढेको देखिन्छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६४ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ४६ पैसा छ । अन्य समूहमा सूचीकृत यस कम्पनीको बजार मूल्य भने ९७९ रुपैयाँ छ । साउन १६ गते कम्पनीको मूल्य करिब साढे १२ सय पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?