+
+

यस्तो देखियो ‘खुस्मा’को काठमाडौं प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ११:५६

काठमाडौं । संविधान दिवसको अवसरमा हलमा प्रदर्शन हुन लागेको फिल्म ‘खुस्मा’को प्रिमियर गरिएको छ । मंगलबार आयोजित प्रिमियर समारोहमा फिल्मकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीको बाक्लो उपस्थिति रह्यो ।

फिल्म हेर्न फिल्ममेकर निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछाने, रेनशा राई, गौमाया गुरुङ, लुनिभा तुलाधर लगायत हलमा पुगेका थिए । राप्रपा सांसद ज्ञानेन्द्र शाही पनि प्रिमियरमा देखिए । छायांकन भएको थलो पूर्वी रुकुमका स्थानीय पनि प्रिमियरमा सहभागी रहे ।

अशोक थापा निर्देशित यो फिल्मले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएकाको परिवारको कथा पेश गर्छ । धीरज मगर र उपासना ठकुरी शीर्ष भूमिकामा छन् । माओवादी द्वन्द्वको असर भोग्नेले यो फिल्मको कथावस्तुलाई महसुस गर्ने प्रतिक्रिया दर्शकले दिए ।

नृत्य निर्देशक रेनशाले फिल्म हेरिरहँदा आफू भावुक बनेको बताइन् । उनले धीरजसँगै अभिनेत्री ठकुरीको प्रशंसा गरिन् । रेनशाको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट धीरजले फिल्ममा डेब्यु गरेका थिए ।

सांसद शाहीले ‘खुस्मा’ दस्तावेज जस्तो आफूलाई लागेको बताए । ‘एक पटक तपाईंले यो सिनेमा हेर्नुभएन भने तपाईंले २०५२ सालपछिको नेपाल नै बुझ्नु हुन्न’ उनले भने । ‘एक जना सामान्य मान्छेको जीवनमा राज्य र विद्रोही पक्षबाट के कति असर पर्‍यो भन्ने कुरा स्पष्ट रुपमा देखाउनु भएको छ’ उनले भने ।

‘खुस्मा’ शुक्रबारदेखि रिलिज तयारीमा छ । एम मिडिया प्रालिको ब्यानरमा बनेको फिल्मलाई वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर निर्माण गरेका हुन् । सहनिर्माता सुस्मिता बुढाथोकी हुन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?