+
+

रास्वपाप्रति शंकर पोखरेलको टिप्पणीः वैकल्पिक राजनीतिले दिन खोजेको सुशासन स्पष्ट भयो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ११:५२

२ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति व्यंग्य गर्दै उसले भन्ने गरेको विकल्प र सुशासन स्पष्ट भएको टिप्पणी गरेका छन् ।

सहकारी प्रकरणमा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै पोखरेलले कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी नराखेकोप्रति आश्चर्यता प्रकट गरे ।

‘विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’

गोर्खा मिडिया नेटवर्क प्रालिमा आफू प्रबन्ध निर्देशक हुँदा रकम कसरी आएको भन्नेबारे लामिछानेले जानकारी नभएको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?