+

नेपालविरुद्ध ओमान : हेड टु हेड

२०८१ असोज  २ गते १२:४५ २०८१ असोज २ गते १२:४५
नेपालविरुद्ध ओमान : हेड टु हेड

२ असोज, काठमाडौं। नेपालले आईसीसी विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति ८ : ४५ मा क्यानडाको किंग सिटीमा मेपल लिफ नर्थ वेस्ट क्रिकेट ग्राउण्डमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । त्यसैले नेपाललाई आजको खेलमा जित्नुपर्ने दबाब छ । ओमानको भने यस सिरिजमा पहिलो खेल हो ।
नेपाल र ओमानबीच ओडीआईमा ७ खेल भएका छन् । नेपाल ३ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएकोछ ।

नेपाल र ओमानबीच पहिलो पटक सन् २०२० मा त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप लिग–२ मा प्रतिस्पर्धा भएको थियो । उक्त लिग–२ मा नेपाल दुबै खेलमा १८ रन र ८ विकेटले पराजित भएको थियो ।

त्यसपछि नेपालले सन् २०२१ मा अल अमरेतमा ओमानसँग लिग–२ खेलेको थियो । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले ओमानलाई ७ विकेटले हराएको थियो ।

सन् २०२२ को जुनमा अमेरिकामा गएर नेपालले ओमानसँग लिग २ मा नै प्रतिस्पर्धा गरेको थियो । नेपाल पहिलो खेलमा १३ रनले पराजित हुँदा अर्कोमा ७ विकेटको जित हात पारेको थियो । एसीसी प्रिमियर कपमा नेपालले २०२३ मा त्रिवि मैदानमा ओमानलाई ८४ रनले हराएको थियो ।

आईसीसी विश्वकप लिग २ ओमान नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय