+
+

भौतिकमन्त्री दाहाल र कलाकार आचार्यबीच विकास वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १३:३०

२ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच विकास निर्माणका विषयमा छलफल भएको छ ।

बुधबार मन्त्रालयमा भएको भेटमा कलाकार आचार्यले आफ्नो पुर्ख्यौली क्षेत्र काभ्रे जिल्लामा आवश्यक पूर्वाधार निर्माणबारे जानकारी गराएका थिए ।

उनले पनौती नमोबुद्ध दाप्चा सडक, पनौती– नमोबुद्ध सडकमा पर्ने मिरा ट्रष्ट पर्ने सडक खण्ड निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरेको मन्त्री दाहालको सचिवालयले जनाएको छ ।

भेटमा विकाश निर्माण कार्य र सरकारका कामलाई कसरी जनमुखी र प्रभावकारी बनाउनेबारे समेत कुराकानी भएको बताइएको छ ।

भेटमा कलाकार आचार्यले नेपालमा भई रहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश रहेको बताए ।

मन्त्री दाहालले आवश्यकताका आधारमा स्रोत व्यवस्थापन गर्न आफूले प्राथमिकता दिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?