+
+

काठमाडौं-बनारस रुटमा बुद्धको सातामा तीन उडान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १२:०४

२ असोज, काठमाडौं । बुद्ध एयरले बुधबारदेखि भारतको बनारसका लागि उडान थप गरेको छ ।

साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेकामा अब साताको तीन उडान हुने भएको हो । यसले यात्रुलाई सुविधा थप्ने कम्पनीको भनाइ छ ।

बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्या लगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज समेत चलाइरहेको छ ।

यात्रुलाई भारतको गया गई सोह्रश्राद्ध गर्न थप सहयोग पुग्ने विश्वास कम्पनीको छ ।

काठमाडौंबाट वाराणसी ५० मिनेटमा पुग्न सकिन्छ । काठमाडौंबाट वाराणसी सुरुवाती एकतर्फी भाडा ११ हजार ३६० रुपैयाँ तोकिएको छ ।

काठमाडौंबाट बिहान ७:१५ र तथा वाराणसीबाट ८:३० मा जहाज उड्छ । यो रुटमा बुद्धले एटीआर ७२ जहाजबाट उडान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?