+

नेपालगञ्ज १० नाइट रनको जर्सी सार्वजनिक

२०८१ असोज  २ गते १४:१४ २०८१ असोज २ गते १४:१४
नेपालगञ्ज १० नाइट रनको जर्सी सार्वजनिक

२ असोज, काठमाडौं । नेपालगञ्ज म्याराथनको प्रिइभेन्टका रुपमा हुन लागेको नेपालगञ्ज १० किमी नाइट रनको जर्सी सार्वजनिक भएको छ ।

संविधान दिवसका अवसरमा असोज ३ गते राति हुने दौडको टिसर्ट नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषद्का सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र नेपालगन्ज म्याराथनका आइटी कन्सल्ट्यान्ट भानु रेग्मीले संयुक्तरूपमा सार्वजनिक गरे ।

जर्सी सार्वजनिक कार्यक्रममा संस्थापक निर्देशक टीएस ठकुरीले नेपालगन्ज म्याराथनको एक दशक यात्राको लागि दशौंमा दस इभेन्टका बारेमा विस्तृत जानकारी दिए । असोज ३ गते नाइट रन सम्पन्न भएपछि ५ गते शनिबारदेखि साप्ताहिक रन सुरु हुने उनले बताए ।

यो इभेन्ट बर्षभरि सञ्चालन हुनेछ । दस हप्तामा चार, २५ हप्तामा तीन जना, ५० हप्तामा दुई जना र ७५ हप्तामा एक एक जना पुरस्कृत गरिनेछ, एक सय हप्ता पूरा गर्ने एक जनालाई कुनै अन्तर्राष्ट्रिय म्याराथनमा अवसर प्रदान गरिनेछ । पहिलो चरणमा नेपालगन्ज, कोहलपुर र खजुरामा साप्ताहिक रन सुरु गरिनेछ । रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङले यसको प्रमुख कमान्ड सम्हाल्नेछन् ।

असोज दोस्रो हप्तादेखि स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिने आयोजकले जनाएको छ ।

नेपालगञ्ज म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय