+
+

स्थानीय तहले मनास्लु पदयात्रामा जाने पर्यटकसँग १००० शुल्क लिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १४:४१

२ असोज, काठमाडौं । मनास्लु संरक्षण क्षेत्रभित्र पदयात्रामा जाने पर्यटकका लागि स्थानीय सरकारले प्रवेश शुल्क तोकेको छ । यसअघि यस्तो शुल्क लिने सुरुवात सालेखुम्बुको पासाङल्हामु गाउँपालिकाले गरेको थियो ।

गोरखाको चुमनुब्री गाउँपालिकाले अब विदेशी पर्यटकबाट प्रवेश शुल्क बापत प्रतिव्यक्ति एक हजार रुपैयाँ लिने भएको छ ।

स्वदेशी पर्यटकले प्रतिव्यक्ति २ सय रुपैयाँ प्रवेश शुल्क तिनुपर्ने भएको छ ।

गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी यो शुल्क तोक्ने निर्णय गरेको स्थानीय सरकारको निर्णयमा उल्लेख छ ।

गाउँपालिकाले यो शुल्क मनास्लु संरक्षण क्षेत्रकै संरक्षण र विकासमा खर्च गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

स्थानीय सरकारले यो रकम पर्यटकको सुरक्षा, फोहोरमैला व्यवस्थापन, डढेलो नियन्त्रण, नयाँ तथा वैकल्पिक पदमार्थ निर्माण, बाटो–पुल निर्माणमा खर्च गर्ने बताएको छ ।

यसैगरी खानेपानी निर्माण, सेल्टर तथा चौतारी निर्माण, साइन पोष्ट तथा म्याप राख्ने, स्थानीयलाई पर्यटनसँग सम्बन्धित तालिम दिने योजना समेत स्थानीय सरकारको छ ।

उद्दार तथा राहतमा सहयोग र समन्वय, वातावरण संरक्षण, ताल संरक्षण, गुम्बा मर्मत तथा संरक्षण र होमस्टे व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने कार्यक्रममा समेत यो रकम खर्च गर्ने प्रतिबद्धता स्थानीय सरकारको छ ।

विभिन्न स्थानीय तहले प्रवेश शुल्क तोक्दा दोहोरो शुल्कको मारमा पर्यटक पर्ने चिन्ता भने रहन्छ ।

विभिन्न निकुन्ज तथा संरक्षण क्षेत्र प्रवेश गर्न पर्यटकले अनुमति लिनु पर्छ । सो बेला सरकारले निश्चित शुल्क लिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?