+
+

प्रधानमन्त्री ओलीलाई न्यूनतम साझा कार्यक्रम बुझाइदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १५:११

२ असोज, काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित मस्यौदा समितिले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ ।

सरकार सञ्चालनका लागि सत्तारुढ दलहरुले न्यूनतम साझा कार्यक्रम तयार पार्न केही दिन अगाडि मस्यौदा कार्यदल गठन गरेको थियो ।

कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत र एमालेबाट उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको हो ।

महामन्त्री थापाका अनुसार तयार भएको मस्यौदा आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?