+
+

होटल व्यवस्थापन प्रतिष्ठान सबै प्रदेशमा विस्तार हुन्छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ११:२९

२ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् ।

बुधबार नाथमको रविभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालय अवलोकन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।

नाथम विकास ऐन अन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन आवश्यक रहेको उनले बताए । उनले आगामी हिउँदे अधिवेशनबाट नाथम सम्बन्धी विधेयक संसदमा पेस गर्ने विश्वास व्यक्त गरे ।

उनले नाथमबाट उत्पादित जनशक्ति दक्ष र विश्व बजारमा प्रतिस्पर्धा गर्न प्रमाणित भएको बताए ।

उनले नाथमले अन्तर्राष्ट्रिय संघ–संस्थासँग समेत सहकार्य र सम्वन्य गर्नु पर्नेमा जोड दिए ।

नाथम सञ्चालनमा मन्त्रालयले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने समेत मन्त्री पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?