+
+

चितवन शक्तिको टिमले ट्यालेन्ट हन्टबाट खेलाडी ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १५:४१

२ असोज, काठमाडौं। एभ्रेष्ट महिला भलिबल लिग (इडब्ल्युभीएल)को टिम चितवन शक्तिले असोज ७ गते चितवनमा ट्यालेन्ट हन्ट गर्ने भएको छ ।

चितवन शक्तिले चीतवन वडा नम्बर २२ पटहिनी कर्भड हलमा बिहान १० देखि ५ बजेसम्म छनोट कार्यक्रम गर्ने भएको हो ।

खेलाडी छनोटका लागि चितवन शक्तिका प्रमुख प्रशिक्षक रहेका अर्जुन घिमिरे र चितवन शक्तिकी मार्की प्लेअर तथा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले निर्णायकको भूमिकामा रहनेछन् ।

खेलाडीले चितवन शक्तिले गर्न लागेको छनोट कार्यक्रमका लागि दर्ता गर्न चितवनको स्थानीय बासिन्दा हुनुपर्नेछ । कुनै पनि उमेरको हदबन्दी नभएको महिला खेलाडी हुनु पर्ने बताइएको छ ।

खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएको हुनु पर्नेछ ।

खेलाडीले असोज १४ देखि १९ सम्म चितवन शक्तिको टिममा रही पहिलो संस्करणको वात्सल्य एभ्रेष्ट महिला भलिबल लिग खेल्ने अवसर प्राप्त गर्नेछ ।

स्थानीय बासीको पनि लिगमा चासो बढोस् भन्ने हेतुले ट्यालेन्ट हन्ट गर्न लागिएको चितवन शक्ति टिमले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?