+
+

पूर्वमन्त्री शर्मालाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १६:५०

२ असोज, काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई पितृशोक परेको छ । उनका बुवा दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि रूपन्देहीको भैरहवास्थित छोराको निवासमा बस्दै आएका शर्मालाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उनको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ ।

शर्माको पार्थिव शरीर आज साँझ दाङको घोराही उपमहानगरपालिका-१८ मसिनास्थित निवासमा पुर्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । अन्त्येष्टि भने भोलि बिहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माका ज्वाइँ कृष्णध्वज खड्काले जानकारी दिए ।

शर्माको विसं १९९७ जेठ १५ गते जन्म भएको थियो । नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका बरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

उनी निवृत्त शिक्षक पनि हुन् । उनका चार छोरी र एक छोरा छन्। उनकी श्रीमती पार्वतादेवी २०७७ चैत ९ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?