+
+

‘छक्कापञ्जा ५’ ले ल्यायो ‘ब्रेकअप सङ’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १६:५२

काठमाडौं । यस वर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ को दोसो गीत सार्वजनिक भएको छ । ‘ब्रेकअप सङ’ नाम दिइएको गीतमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल लगायत फिचर्ड छन् ।

बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वरमा गीत तयार भएको छ । विशेषगरि गीतको शब्द लेखनको निकै चर्चा भैरहेको छ । भिडियोको कोरियोग्राफी कम्पोजलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।

कमेडियन गौडेल, सुरवीर पण्डित र रामेश्वर केसी पनि गीतमा देखिएका छन् । गीतले चरित्र चित्रणदेखि पात्रको गेटअप, मुड पनि दर्शाएको छ । दीपक र माग्ने बूढाले ब्रेकअप अंकित सुट लगाएका छन् ।

यो गीतले ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोश दर्शाउँछ । यसअघि पोस्टर मात्र ल्याएको फिल्मले यसपटक भने गीतमार्फत कथाको केही अंशलाई चित्रण प्रयत्न गरेको छ ।

दीपाश्री निरौला निर्देशित ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीको दिन असोज २४ गते प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?