+
+

नेपालमा ४० बढी ‘स्काइवेल ईटी ५’ बिक्री, धनगढीका मेयर हमाल पनि ग्राहक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १७:२४

काठमाडौं । नेपालका लागि स्काइवेल विधुतीय गाडीको आधिकारिक वितरक जी मोटर्स प्रालिले नेपालमा ४० भन्दा बढी ‘स्काइवेल ईटी ५’ बिक्री गरेको छ ।

नेपालमा ४० भन्दा बढी स्काइवेलका ईटी ५-६२० किलोमिटर प्रिमियम विधुतीय एसयूभी बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

नाडा अटो शोमा १२६ वटा बुकिङ भएकोमा त्यसमा थप गरी १५० भन्दा बढी गाडी बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ईटी ५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किलोमिटर रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका लागी उपलब्ध छन् ।

कम्पनीका अनुसार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पनि ६२० किलोमिटर रेन्ज दिने ‘स्काइवेल ईटी ५’ गाडी खरिद गरेका छन् ।

मेयर हमालले खरिद गरेका सो गाडी कम्पनीका प्रतिनिधिले धनगढीमै डेलिभरी गरिदिएको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले जानकारी दिए ।

१९७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको ‘स्काइवेल ईटी ५’ ले नेपाली सडकमा सबैभन्दा बढी रेन्ज दिने विश्वासका साथ आफूले सो गाडी खरिद गरेको मेयर हमालको भनाइ उदृत गर्दै गेलालले बताएका छन् ।

आगामी दिनमा कम्पनीले बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रीमियम ईभीले नेपाली बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?