+
+

अब गाडीको लाइसेन्स प्रदेशले नै दिन्छ : मन्त्री दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १८:१६

२ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक अनुमतिपत्र अब प्रदेश सरकारले नै वितरण गर्ने बताएका छन् ।

बुधबार मन्त्रालयमा यातायात व्यवसायीसमेतको छलफलमा उनले २०७२ सालदेखि नै लाइसेन्स वितरणको काम प्रदेश मातहतमा गइसके पनि संघीय सरकारले वितरण गरिरहेको बताए । अब भने हालसम्मको बाँकी लाइसेन्स वितरण गरेर प्रदेशलाई नै जिम्मा दिने मन्त्री दाहालले बताए ।

‘०७२ सालदेखि नै प्रदेशले नै यो काम गर्नुपर्थ्यो । तर यो काम संघले गरिरहेको अवस्थामा यो संघकै जिम्मेवारी भन्ने बुझाइ रह्यो । हामीसँग केही ड्यु छन् । त्यो ड्यु भएको हामीले पूरा गर्ने भनेको छौँ । २०/२१ लाख जति हामीले अहिले छापेर दिनुपर्ने अवस्था छ । त्यो जसरी पनि हामीले छापेर दिन्छौं’, उनले भने ।

कोशी प्रदेशले अस्थायी लाइसेन्स दिन थालेको र अन्य प्रदेशले पनि रसिदमै क्वयुआर कोड राखेर दिने भन्ने छलफल भइरहेको उनको भनाइ छ ।

मन्त्री दाहालले इन्धनको मूल्य घटे अनुसार भाडा समायोजन छिट्टै हुने पनि बताएका छन् । ‘इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्ने भन्ने पनि छ । समायोजन नभएको दुई, तीन वर्ष भइसक्यो । यो एउटा प्याकेजमै समायोजन गर्नुपर्छ’, उनले भने ।

मन्त्री दाहालले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिहाल्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?