
२ असोज, काठमाडौं । आश्विन संक्रान्ति मंगलबारका दिन विश्वकर्मा पूजा गरी बुधबार (आज) विसर्जन गरिएको छ ।
कलकारखानामा माटोबाट बनाइएका विश्वकर्मा बाबाको मूर्तिलाई काठमाडौंको चोभारमा विसर्जन गरिएको हो ।
साथै केहीले काठमाडौंमा बागमतीलगायत नदीहरुमा विश्वकर्माको मूर्ति विसर्जन गरेका छन् ।
खासगरी विश्वकर्मा पूजामा कलकारखाना रंगीचंगी पार्नुका साथै आफ्नो घरमा भएका फलामे औजारहरुको पूजा गर्ने गरिन्छ ।
तर, केहीले विश्वकर्माको मूर्ति नै बनाएर पूजा गर्ने गर्छन् । अघिल्लो दिन धुमधामका साथ पूजा गरिसकेपछि भोलिपल्ट पायक पर्ने नदीमा मूर्ति विसर्जन गर्ने गरिन्छ ।
हेर्नुहोस् चोभारमा विश्वकर्मा मूर्ति विर्सजनका केही तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4