+

मधेश प्रदेशको खेलकुदले अब गति लिन्छ : मन्त्री जयसवाल

२०८१ असोज  २ गते १९:३५ २०८१ असोज २ गते १९:३५
मधेश प्रदेशको खेलकुदले अब गति लिन्छ : मन्त्री जयसवाल

२ असोज, रौतहट। मधेश प्रदेशका युवा खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले अब मधेशको खेलकुदले गति लिने बताएका छन् । बुधबार रौतहटको चन्द्रनिगाहपुरमा खेलकुदकर्मीहरूसँग कुरा गर्दै मन्त्री जयसवालले अब मधेसको खेलकुदले फडको मार्ने बताएका हुन् ।

लामो समयदेखि खेलकुद ऐनको अभावमा मधेश प्रदेशको खेलकुदमा प्रभाव पर्दै आएकोमा अब खेलकुद ऐन पास भएसँगै मधेस प्रदेशको खेलकुदले गति लिने आफूले विश्वास गरेको मन्त्री जयसवालको भनाइ रहेको छ ।

अब चाँडै मधेस प्रदेश खेलकुद परिषद् गठनको तयारीमा आफूहरू लागेको र यो गठनसँगै मधेश प्रदेशको खेलकुदले गति लिने मन्त्री जयसवालको भनाइ रहेको थियो ।
भदकको सम्भावना रहेका खेलहरूको छनौट गरेर ती खेलका खेलाडीहरूलाई प्रशिक्षण दिएर आगामी दिनमा हुने प्रतियोगितामा मधेस प्रदेशका लागि पदक दिलाउन आफ्नो मन्त्रालय हरसम्वत लागि परेको उनको भनाइ रहेको थियो ।

महिला फुटबलको कारखानाका रूपमा परिचित रौतहटको चन्द्रनिगाहपुरका महिला खेलाडीहरूको स्तर उन्नतिका लागि समेत मधेश प्रदेश युवा तथा खेलकुद मन्त्रालयले सक्दो सहयोग गर्ने उनले बताएका थिए । मधेस प्रदेशमा रहेका कराते ,तेक्वान्दो फुटबल ,कुस्ती ,क्रिकेट लगायतका पदक ल्याउने सम्भावना भएका खेलहरूको प्रशिक्षण प्रभावकारी बनाउनका लागि अब परिषदले काम गर्ने समेत उनले बताए ।

खेलकर्मीहरूसँग कुरा गर्दै मन्त्री जयसवालले मधेस प्रदेश सरकारबाट खेलकुद ऐन पास भएको दिन खेलाडीहरूले दीपावली गरेर खुसी मनाएको देख्दा आफू हर्षित भएको र खेलकुदमा केही गर्नका लागि आफूलाई थप हौसला मिलेको मन्त्री जयस्वालको भनाइ रहेको थियो ।

चन्द्रनिगाहपुरमा रहेका विभिन्न खेलका खेलकर्मीहरू सँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री जयसवालले अबका दिनमा मधेस प्रदेशले खेलकुदमा फड्को मार्ने दाबी गरेका थिए ।

कार्यक्रममा नेपाल कराते महासङ्घ मधेस प्रदेशका उपाध्यक्ष अशोक पहाडी रौतहट जिल्ला फुटबल संघका महासचिव, मधुसुदन धिताल, आइटीएफ तेक्वान्दोका रौतहट अध्यक्ष देवराज न्यौपाने लगायतका खेलकर्मीहरूले रौतहटको खेलको अवस्थाबारे मन्त्रीलाई अवगत गराएका थिए ।

प्रमोद जयसवाल मधेस प्रदेश मन्त्री जयसवाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय