+
+

४ जना सचिवको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते २०:३७

२ असोज, काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वन मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई कृषि मन्त्रालयमा सरुवा गरेको छ । कृषिमा रहेका दीपककुमार खनाललाई भने वन मन्त्रालयमा लगिएको छ ।

यस्तै उर्जा सचिव गोपाल सिग्देललाई जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । त्यहाँ रहेका सुरेश आचार्यलाई भने उर्जा मन्त्रालयमा लगिएको छ ।

बैठकले निमित्त सचिव कमल पोखरेललाई सचिवमा बढुवा गरेको छ भने केही सह सचिवको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?