+

ओमानविरुद्ध पावरप्लेमा नेपाली ब्याटरको संयमित ब्याटिङ

२०८१ असोज  २ गते २१:२४ २०८१ असोज २ गते २१:२४
ओमानविरुद्ध पावरप्लेमा नेपाली ब्याटरको संयमित ब्याटिङ

२ असोज, काठमाडौं – नेपालले आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध पावरप्लेमा संयमित ब्याटिङ गरेको छ । किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा १ विकेट गुमाउँदै १९ रन बनाएको छ । भीम सार्की २३ बलमा ४ र आसिफ शेख २६ बलमा ९ रनमा क्रिजमा छन् ।

ओपनर अर्जुन साउद ५ रनमा क्याच आउट भए । तीव्र गतिका बलर कलिमुल्लाहको चौथो ओभरको पहिलो बलमा अर्जुन सेकेन्ड स्लिपमा फयाज बटबाट क्याच आउट हुन पुगेका थिए । उनलाई नेपालले आज ओपनर कुशल भुर्तेलको स्थानमा मौका दिएको थियो । तर त्यो मौकाको फाइदा भने उठाउन सकेनन् ।

त्यस्तै नेपालले कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दा अनिल शाह र आरिफ शेखलाई मौका दिएको छ ।

 

आईसीसी विश्वकप लिग २
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय