+
+

पोखरा नगर युवा परिषद्ले बुझायो पञ्चवर्षीय रणनीतिक कार्य योजना

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते ९:०१

३ असोज, काठमाडौं । पोखरा महानगरपालिका नगर युवा परिषद्ले पञ्चवर्षीय रणनीतिक कार्य योजना महानगरलाई बुझाएको छ । युवा लक्षित कार्यक्रम ल्याउन परिषद्‌ले संविधान दिवसको अवसरमा नगरप्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई रणनीतिक योजना बुझाएको हो ।

परिषद्का उपाध्यक्ष सन्तोष न्यौपानेलेका अनुसार योजनामा युवा रोजगारलाई प्रमुख प्राथमिकता दिइएको छ । पछिल्लो समय बढिरहेको युवा पलायन रोक्न विभिन्न योजनाहरु समावेश गरिएको जानकारी दिए ।

त्यसका लागि विदेशबाट फर्किएका रिटर्नीहरुका लागि र प्राविधिक शिक्षालाई जोड दिने गरी पनि योजना ल्याइएको न्यौपानेले सुनाए । ‘पूरा गर्न नसकिने योजनाहरु ल्याएका छैनौं । युवाको माग युवाले नै बुझ्दछन् भन्ने अवधारणाअनुसार उनीहरुकै सहभागितामा विभिन्न चरणमा छलफल पछि मात्रै यो रणनीतिक योजना ल्याइएको हो’, उनले भने ।

पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनका लागि प्राथमिकताका क्षेत्रहरु तोकिएको र त्यसमा परिषद् आफैंले गर्ने वा अन्य निकायसँग समन्वय पनि गरिने न्यौपानेले बताए । ‘स्थानीय तहले ल्याएको पहिलो रणनीतिक योजना भएकाले यसमा हामीले गर्न सकिने योजनामात्रै समावेश गरेका छौं,’ उनले भने ।

नगर प्रमुख आचार्यले देशभरिका स्थानीय सरकारहरूले यसको अभ्यास गरिनसकेको अवस्थामा पोखरा महानगरपालिकाले पहिलो पटक युवाहरूको सर्वांगीण विकास गर्ने उद्देश्यले नगर युवा परिषद्को संरचना निर्माण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?