+
+

कन्दरा ब्याण्डले घोषणा गर्‍यो वर्ल्ड टुर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १३:०४

काठमाडौं । लोकप्रिय नेपाली लोकपप ब्याण्ड कन्दराले स्थापनाको ३२ वर्षको अवसरमा वर्ल्ड टुरको घोषणा गरेको छ । सन् २०२४-२५ का लागि ब्याण्डले आठ मुलुकमा कन्सर्टको लाइनअप पनि सार्वजनिक गरेको छ ।

अक्टोबर-नोभेम्बरमा ब्याण्डले नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिनेछ । नोभेम्बर–डिसेम्बरमा युरोप, जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च-अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका र जुनमा क्यानडामा टुर गर्ने मिति तय गरिएको छ ।

लाइनअपमा पनि केही हेरफेर छ । लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनिल थापा, गितारमा देव लामा, बेस गितारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा नीरज बिके छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?