+
+

लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १३:५३
मृतक २२ वर्षीय वृषबहादुर शाही ।

३ असोज, सुर्खेत । लोपोन्मुख राउटे समुदायका एक युवाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेको गुँरास गाउँपालिका वडानम्बर-१ का वडाध्यक्ष धर्मबहादुर रावलले जानकारी दिए ।

उनका अनुसार ६ महिना अघिदेखि बिरामी रहेका शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । जाँच गर्दा उनलाई डाक्टरले टिबी भएको बताएका थिए । उपचार हुननसक्ने भएपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।

डिस्चार्जपछि हाल बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका-१ सिमेसाल फर्किंदै गर्दा सुर्खेतको कल्यानकाँधमा बुधबार राति ९ बजेतिर मृत्यु वडाध्यक्ष रावलले बताए ।

वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

तस्वीर सौजन्य : लालबहादुर खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?