+
+

डली चायवालाले भरे पर्वतीय उडान, सोसल मिडियाबाट नेपालको प्रचार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १४:१५

काठमाडौं । नेपाल घुमघाममा रहेका भारतका डली चायवालाले बिहीबार बिहान पर्वतीय उडान भरेका छन् । यती एयरलाइन्सको जहाजबाट उनले सगरमाथा, गौरीशंकर हिमश्रृंखलाको अवलोकन गरे ।

‘उहाँ निकै खुसी हुनुभयो’ डलीलाई नेपाल ल्याएका आरिफ अलीले अनलाइनखबरसँग भने, ‘उहाँले मजा लिनुभयो र नेपालको नेचुरल ब्युटीको प्रशंसा गर्नुभयो ।’

डलीले नेपाल घुमघामका लागि सामाजिक सञ्जालबाट नेपालका आकर्षक गन्तव्यको प्रचारप्रसार गर्ने भएका छन् । ‘उहाँले नेपालका टुरिमज लोकेसनको प्रचार सोसल मिडियाबाट गर्ने पनि बताउनुभएको छ’ अलीले भने ।

डलीले बिहीबार स्काई वाकबाट काठमाडौं हेर्ने तयारी गरेका छन् । मंगलबार नेपाल आएका डली नेपालमा एक साता रहनेछन् । यसबीचमा उनले मिट एण्ड ग्रीट कार्यक्रममा प्रशंसकसँग पनि भेटिरहेका छन् भने चिया बिक्री गर्ने साना उद्यमीलाई प्रोत्साहन गर्न सघाउने पनि बताएका छन् ।

झापाको भद्रपुर हुँदै काठमाडौं आएका डलीले केही दिनअघि काठमाडौं विमानस्थलमा नेपाली युवतीसँग विवाह गर्ने चाहना सुनाएका थिए । जी-ट्वेन्टी सम्मेलनको क्रममा भारत पुगेका धनाढ्य तथा माइक्रोसफ्ट संस्थापक बिल गेट्सले डली चायवालाले बनाएको चिया खाएको भिडियो र फोटो पोस्ट गरेका थिए ।

त्यो पोस्टपछि कानपुरका सुनिल पाटिल उर्फ डली चायवाला एकाएक भाइरल बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?