+
+

इन्स्टाग्राममा नाबालिगको लागि अब ‘टीन अकाउन्ट’, यस्ता छन् फिचर्स

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १०:०९

काठमाडौं । लोकप्रिय सोसल मिडिया प्लेटफर्म इन्स्टाग्रामले एक महत्वपूर्ण घोषणा गरेको छ, जसमा नाबालिगहरुको इन्स्टाग्राम अकाउन्टमा अत्यन्तै महत्वपूर्ण फेरबदल गरिँदैछ ।

यो नयाँ सर्भिसको मद्दतले नाबालिगहरुलाई अनलाइन दुनियाँका कारण हुने नोक्सानीबाट बचाउने प्रयास इन्स्टाग्रामको छ ।

उसो त इन्स्टाग्रामले आफ्नो प्लाटफर्ममा नयाँ फिचर थपसँगै आफूलाई उत्कृष्ट बनाउने कोसिस गरिरहेको हुन्छ । यसै क्रममा इन्स्टाग्रामले Teen Account  ल्याएको छ । यसमा किशोर किशोरी अर्थात् नाबालिग प्रयोगकर्तालाई अनलाइन सेफ्टीसँगै उत्कृष्ट अनुभव प्राप्त हुनेछ ।

Built-in Protection

इन्स्टाग्राम टीन अकाउन्ट प्रयोगकर्तालाई बिल्ट इन प्रोटेक्सन प्राप्त हुनेछ । यसको मद्दतले प्रयोगकर्ताको सम्पर्क केवल सीमित मानिसहरुसँग मात्रै हुनेछ र उसको प्रोफाइल पनि सीमित मानिसहरुले मात्र देख्न सक्नेछन् । साथै यसमा स्लीप मोड पनि रहनेछ ।

सेटिङ्ग बदल्न चाहिने अभिभावको स्वीकृति

कम्पनीका अनुसार अब नाबालिगहरुको इन्स्टाग्राम अकाउन्ट आफैं टीन अकाउन्टमा परिणत हुनेछ । साथै १६ वर्षमुनिका प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम सेटिङ्गमा परिवर्तन गर्नका लागि अभिभावकको स्वीकृति लिनुपर्नेछ । यसबाट अभिभावकलाई निगरानी गर्न पनि सहज हुनेछ ।

नयाँ प्रयोगकर्ता स्वतः टीन्स अकाउन्टमा

मेटाका अनुसार अब जो नयाँ नाबालिगकहरुले इन्स्टाग्राममा खाता खोल्नेछन् उनीहरुले स्वतः टीन अकाउन्टमै जानेछन् । साथै जो किशोर किशोरीहरुले पहिलेदेखि नै इन्स्टाग्राम प्रयोग गरिरहेका छन् उनीहरुलाई चाहिँ एउटा अलर्ट पठाइनेछ र उनीहरुको अकाउन्टलाई टीन अकाउन्टमा परिणत गर्न लागिएको जानकारी गराइनेछ ।

यी देशबाट हुँदैछ सुरुवात

इन्स्टाग्राम टीन अकाउन्टको सुरुवात चरणबद्ध रुपमा हुनेछ । पहिलो चरणमा यो सेवा अमेरिका, बेलायत, क्यानडा तथा अष्ट्रेलियाबाट सुरु गरिँदैछ र आगामी ६० दिनभित्रमा चाहिँ सबै प्रयोगकर्तालाई उपलब्ध गराइनेछ । तत् पश्चात् आगामी वर्षदेखि यो विश्वव्यापी रुपमा लागू गरिनेछ ।

आफैं खुल्नेछ प्राइभेट अकाउन्ट

इन्स्टाग्रामले टीन अकाउन्टलाई डिफल्ट रुपमै प्राइभेट गराउनेछ । यसको अर्थ प्रयोगकर्तालाई अरुले एकतर्फी रुपमा फलो गरेर मात्र हुनेछैन, फलोअर्सलाई सम्बन्धित प्रयोगकर्ताले एक्सेप्ट गर्नुपर्नेछ । साथै फलो नगरिएका प्रयोगकर्ताका इन्स्टाग्रामका पोस्टहरु देखिने छैन ।

मेसेजमा लगाम

इन्स्टाग्राम टीम अकाउन्टमा प्राइभेट मेसेजमा चाहिँ पावन्दी लाग्नेछ । यसमा केवल ती मानिसहरुलाई मात्र मेसेज पठाउन सकिनेछ जो पहिलेदेखि नै जोडिएका छन् वा फलो गर्दछन् ।

समयसीमा र स्लीप मोड

इन्स्टाग्राम टीन अकाउन्टमा कुनै पनि प्रयोगकर्ताले यदि एक दिनमा ६० मिनेटभन्दा धेरै समय इन्स्टाग्राम चलायो भने इन्स्टाग्रामले चेतावनी सन्देश अर्थात् अलर्ट पठाउनेछ । यसका साथै इन्स्टाग्राम टीन अकाउन्टमा स्लीप मोड पनि उपलब्ध हुनेछ ।

यो स्लीप मोड रातको १० बजेदेखि बिहान ७ बजेसम्म चालू हुनेछ । त्यसक्रममा नोटिफिकेसनलाई म्युट गरिनेछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?