+
+

‘नेसनल डे कन्सर्ट’मा धकेलाधकेल गर्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते ११:४२

४ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा बिहीबार दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा धकेला–धकेल गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ घर भएका १९ वर्षीय तिलक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । पक्राउ परेका खड्का ज्यान मार्ने उद्योगका प्रतिवादी समेत रहेको पाइएको उनले बताए ।

पक्राउ परेका युवकलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । उनी त्रिचन्द्र कलेजका विद्यार्थी हुन् । गत जेठमा कलेजमा साथीहरु सामान्य विवाद हुँदा उनले अर्का विद्यार्थीलाई आक्रमण गरेको आरोप छ ।

उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता समेत भएको पाइएकाले अहिले अदालत पठाइएको एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?