+
+

काठमाडौं र ललितपुरमा २ पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १२:०७

४ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिएका छन् ।

काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् ।

उनी पन्चेटारकै कुलोमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा पनि एक पुरुष मृत भेटिएका छन् ।

छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?