+
+

‘मुभी लभर्स ग्रुप’ले फिल्म ‘आँखा’को विशेष प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १२:१४

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘मुभी लभर्स ग्रुप’ले असोज ८ गते फिल्म ‘आँखा’को विशेष प्रदर्शन गर्ने भएको छ । जौन योञ्जनको निर्माण तथा निर्देशनमा बनेको ‘आँखा’ले सहरी गरिब र सुकुम्बासीको कथा भन्छ ।

स्थापनाको दशौं वार्षिकोत्सवको अवसर पारेर ‘मुभी लभर्स ग्रुप’ले काठमाडौंको सुन्धारास्थित सीडीसी सिनेमाजमा असोज ८ गते साँझ ५ बजे यो फिल्मको विशेष प्रदर्शन गर्न लागेको हो । मूलधारभन्दा फरक फिल्मलाई आम दर्शकसामु पुर्‍याउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न थालिएको ग्रुपले जनाएको छ । ‘राम्रा नेपाली फिल्मलाई माया गरौं भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौं’ मुभी लभर्स ग्रुपले आफ्नो पोस्टमा भनेको छ, ‘हाम्रो दशौं वार्षिकोत्सवलाई ‘आँखा’सँगै मिलेर मनाउँदै छौं । हाम्रा लागि यो ठूलो सफलता र गौरवको कुरा हो ।’

‘आँखा’मा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारी लगायत कलाकारको मुख्य भूमिका छ ।

‘मानवता, सामाजिक दबाब, नैतिकता र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तु अन्वेषण हुन जरुरी छन्’ निर्देशक योन्जन भन्छन्, ‘यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको दुःख र बाँच्नका लागि मानिसले गर्ने संघर्षको मार्मिक दृष्टिकोण हो ।’ दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भनेर दर्शाउन ‘आँखा’को रमाइलो कथा तयार गरिएको उनी बताउँछन् ।

‘मुभी लभर्स ग्रुप’ले केही वर्षदेखि फरक धारका फिल्म विशेष प्रदर्शन र बहस गर्दै आएको छ । ग्रुपले ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘आचार्य’, ‘डाकिनी’, ‘म अलप हुन चाहन्छु’ लगायत फिल्म र डकुमेन्ट्रीको विशेष प्रदर्शन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?