+
+

युरोपका नेपाली हँसाउँदै कमेडियन भरतमणि, सुमन र कैलाश

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १३:१४

काठमाडौं । संगीतको विश्वव्यापी टुरबारे त सुनेकै हो तर नयाँपुस्ताका केही कमेडियन यतिबेला ‘वर्ल्ड टुर’मा व्यस्त छन् । कमेडी पनि टुरको माध्यम बन्नसक्छ भन्ने भाष्य उनीहरुले बसालेका छन् ।

‘अब हाँस्छ अमेरिका’ र अस्ट्रेलियापछि कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्की यतिबेला युरोपको कमेडी टुरमा व्यस्त छन् । उनीहरुले त्यहाँस्थित नेपाली समुदायलाई हँसाइरहेका छन् ।

मामा इभेन्ट्स र केएनएस इन्टरटेनमेन्टको ब्यानरमा उनीहरुले विभिन्न युरोपेली मुलुकमा बसोबास गर्ने नेपालीलाई कमेडी खुराक पस्किंदै मनोरञ्जन दिइरहेका छन् ।

पोल्याण्डको हुजबाट सुरु भएको यात्रा बेल्जियमको एन्ट्रप, जर्मनीको ह्याम्बर्ग, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट र फिनल्याण्डको हेलसिन्कीमा भइसकेको छ । ती ठाउँका कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको भरतमणिले अनलाइनखबरलाई बताए ।

यसपछि माल्टा, स्वीडेन, बेल्जियमको ब्रुज, डेनमार्क र पोर्चुगलमा समेत कार्यक्रम गर्न बाँकी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?