+
+

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १३:५५

४ असोज, काठमाडौं। नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् ।

यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए ।  उनले राजीनामाको बोधार्थ महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई  दिएका छन् ।

उनले महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्‍यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिउको विज्ञप्तिमा उल्लेख गरेका छन्।

कार्यवाहक अध्यक्ष विष्टले विहीबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । उनको पत्रपछि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो । तर विवादका कारण महासंघको नयाँ नेतृत्व चयन अनिश्चित बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?