+
+

सिद्धबाबाका दुई बाइपास सुरुङ ‘ब्रेक थ्रु’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १७:१४

४ असोज, काठमाडौं । निर्माणाधीन सिद्धबाबा सुरुङ परियोजना अन्तर्गत दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ ।

यस परियोजनामा कुल तीन वटा वाइपास निर्माण गरिँदैछ । यसमध्ये बाइपास सुरुङ ३ को २६ भदौका दिन ब्रेक थ्रु भएको थियो ।

शुक्रबार बाइपास सुरुङ १ को ब्रेक थ्रु गरिएको हो । बाइपास सुरुङको लम्बाइ १३० मिटर र बाइपास १ को लम्बाइ १५१ मिटर रहेको छ ।

बाइपास २ सुरुङको लम्बाइ १६१ मिटर रहेको छ । जसको अहिलेसम्म ११७ मिटर खनिएको छ ।

सिद्धबाबामा मुख्य सुरुङको लम्बाइ आधा खनिएको छ । पछिल्लो तथ्यांक अनुसार मूख्य टनेल ५ सय ४५ मिटर खनिएको छ ।

यस आयोजनामा ११ सय २६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । सिद्धबाबा सुरुङको ठेक्का दुई वर्ष अगाडिदेखि नै लागेको भए पनि काम भने गत माघदेखि सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?