+
+

‘नरसिंहा अवतार’को वर्कसपमा जोडिए राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १७:१६

काठमाडौं । अभिनेता राजेश हमाल फिल्म ‘नरसिंहा अवतार’को वर्कसपमा सहभागि भएका छन् । बुधबारदेखि उनले कार्यशाला ज्वाइन गरेका हुन् । वर्कसपमा हमालले यतिबेला आफूले निर्वाह गर्ने चरित्र, अभिनय शैली र चरित्र चित्रणमा आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने बारेमा सिकिरहेका छन् ।

‘राजेश दाइलाई वर्कसपमा सहभागी गराउनु आफैंमा अर्थपूर्ण र महत्वपूर्ण कुरा हो’ निर्देशक भट्टराईले भने, ‘यो फिल्ममा उहाँको लिड रोल हुनेछ र रोलमा फिट हुन उहाँ आफूलाई जुनसुकै हुलियामा बदल्न रेडी हुनुहुन्छ ।’

यो एक्सन र सोसल ड्रामा फिल्ममा हमालको लिड रोल बताइएको छ । यसका लागि उनी दाह्री पाल्नेदेखि अन्य गेटअपमा आफूलाई तयार गरिरहेका छन् । बिहीबार एक म्युजिक भिडियो सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनी झुस्स सेतो दाह्री पालेको स्वरुपमा देखिएका थिए ।

उनको उक्त हुलिया नरसिंहाको क्यारेक्टरका लागि भएको गाइँगुइँ त्यतिबेला चलेको थियो । हमालको करिअरको उत्कर्षको बेला अडिसन र वर्कसप भन्ने फिल्मका प्रक्रिया हुने थिएनन् । राजेश हमालले क्यारेक्टरका लागि कपाल काटेको खबर ‘द युगदेखि युगसम्म’को बेला फैलिएको थियो ।

तर पछिल्लो समय हमाल वर्कसपमा ज्वाइन हुनु र पात्र निर्माणप्रति गम्भीर हुनुलाई महत्वपूर्ण रुपमा लिन सकिन्छ । दिवाकरको निर्देशन तथा निर्माणमा बन्ने यो मल्टिस्टारर फिल्म छायांकनमा जाने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?