+

अमिशा र चन्द्रको ह्याट्रिकमा आर्मीको चन्द्रपुरमाथि फराकिलो जित

२०८१ असोज  ४ गते १७:५५ २०८१ असोज ४ गते १७:५५
अमिशा र चन्द्रको ह्याट्रिकमा आर्मीको चन्द्रपुरमाथि फराकिलो जित

४ असोज, काठमाडौं । एन्फा महिला लिगमा त्रिभुवन आर्मीकी अमिशा कार्की र चन्द्रा भण्डारीको ह्याट्रिकमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि १०–० को फराकिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा, खेलको सुरुवाती मिनेटमा नै चन्द्रा भण्डारीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी हुन् ।

खेलको २७ औं मिनेटमा अमिशा कार्कीले गोल गरिन् । ३२ औं मिनेटमा हिमा चौधरीको गोल रह्यो । ४० औं मिनेटमा अमिशाको पासमा चन्द्रा भण्डारीले व्याक्तिगत दोस्रो गोल गरिन् । खेलको ४२ औं मिनेटमा अमिशाले पनि आफ्नो व्याक्तिगत दोस्रो र आर्मीको लागि पाँचौं गोल गरिन् ।

पहिलो हाफमा ५–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा पुन ५ गोल थप्यो ।

खेलको ५१ औं मिनेटमा चन्द्रपुरकी गोलकिपरले बल रोक्दा पेनाल्टी बक्स भित्र भएको फाउलमा आर्मीले पेनाल्टी पायो । पेनाल्टीमा दिपा शाहीले सहज गोल गरिन् । त्यस्तै खेलको ६७ औं मिनेटमा पेनाल्टी बक्स भित्र चन्द्रपुरकी सलोनी राना मगरको ह्यान्डबल रहँदा पुन आर्मीले पेनाल्टी पायो । पेनाल्टीका लागि आर्मीकी गोलकिपर अन्जना राना मगरले पेनाल्टीमा गोल गरिन् ।

पुन अमिशा कार्कीले एक मिनेट पश्चात अर्थात खेलको ६८ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् ।

त्यसपश्चातको १५ मिनेट भने चन्द्रपुरले आर्मीलाई रोकिरह्यो । खेलको ८४ औं मिनेटमा गोल गर्दै चन्द्रा भण्डारीले पनि आफ्नो ह्याट्रिक पूरा गरिन् । यो आर्मीको लागि भने नवौं गोल थियो ।

त्यसको १ मिनेट पश्चात सर्मिला थापा मगरले गोल गर्दै आर्मीको १० गोल पूरा गरिन् । चन्द्रपुरको भने सबैभन्दा बलियो मानिएको डिफेन्सिफ क्षेत्र नै आज कमजोर देखियो ।

आर्मीको आजको फराकिलो १६ अंक सहित दोस्रो स्थानमा नै रहनेछ । आर्मीले ७ खेल खेलिसक्दा ५ जित, १ हार र १ बराबरी खेलेको छ ।

त्यस्तै, चन्द्रपुरको भने यो दोस्रो हार हो । ७ खेल खेलिसक्दा ४ बराबरी खेलेको चन्द्रपुरले १ मात्र जित हात पारेको छ । चन्द्रपुर हाल ७ अंक सहित अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

आजको पहिलो खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई ८–० ले हराएको थियो ।

चन्द्रपुर नगरपालिका महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय