+
+

नेपाल पे इन्स्ट्यान्टबाट निःशुल्क फन्ड ट्रान्स्फर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १८:२७

काठमाडौं । मोबाइल नम्बरको आधारमा ‘नेपाल पे इन्स्ट्यान्ट’ बाट हुने फन्ड ट्रान्स्फर सेवा निःशुल्क गरिएको छ ।

नेपालीहरूको महान चाड देशैंका साथै डिजिटल कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ यो व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नेपाल पे इन्स्ट्यान्ट सुविधा उपलब्ध बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहक तथा कनेक्ट आईपीएस प्रयोगकर्ताले ३० असोजसम्म फन्ड ट्रान्सफर गर्न सक्छन् । नेपाल पे इन्स्टेन्ट मार्फत बिनाशुल्क २६ बैंक वित्तीय संस्थाहरुबाट फन्ड ट्रान्स्फर हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो, जसमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेस (भीपीए) को आधारमा फन्ड ट्रान्स्फर गर्न सकिन्छ, जुन लाभग्राहीको मोबाइल नम्बर हुन्छ ।

हाल ‘नेपाल पे इन्स्टेन्ट’ सुविधा कनेक्ट अईपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहर”मा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?