+
+

कोशीको अधिवेशन अन्त्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते ७:३९

५ असोज, विराटनगर । कोशी प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ ।

शुक्रबार रातिदेखि लागू हुने गरी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् ।

पाँचौं अधिवेशनमा २१ वटा बैठक बसेको थियो ।

यो अधिवेशनले आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पास गरेको थियो । यही अधिवेशनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुईपटक विश्वासको मत लिए ।

३१ वैशाखमा माओवादीको समर्थनमा विश्वासको मत लिएका कार्कीलाई दिएको समर्थन माओवादीले फिर्ता लिएपछि २ असोजमा दोस्रो पटक विश्वासको मत लिए । दोस्रोपटक उनलाई कांग्रेसले विश्वासको मत दिएको थियो ।

अधिवेशनबाट प्रदेश निजामति ऐन संशोधन विधेयक, केही प्रदेश ऐन संशोधनलाई जगाउने विधेयक, कृषि अनुदान सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक संशोधन विधेयक पास गरेको थियो ।

चालु अधिवेशनकै दौरानमा प्रदेशका सात वटा विषयगत समिति सभापति पनि टुङ्गो लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?