+

क्यानडाले ओमानलाई हरायो

२०८१ असोज  ५ गते ७:३७ २०८१ असोज ५ गते ७:३७
क्यानडाले ओमानलाई हरायो

५ असोज, काठमाडौं – घरेलु टोली क्यानडाले आईसीसी विश्वकप लिग-२ मा ओमानलाई ५९ रनले हराएकोछ । २७७ रनको लक्ष्य पछ्याएको ओमान ४६ ओभरमा २१७ रनमा अल आउट भयो ।

ओमानका फयाज बटले ४४, जिशान मकसुद २७, आयन खान ३०, सोएब खान २४, मेहरान खान ३७ र अकिब इलियास १० रन बनाए । क्यानडाका डिलोन हेलिगरले ४ र कलिम सानाले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २७६ रन बनाएको थियो । हर्ष थाकेरले १०३ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ९३ रन बनाए ।

निकोलस किर्तोनले ५० बलमा २ चौका र ४ छक्कासहित ५७, साद बिन जाफर २२, हेलिगरले १४ बलमा ४ छक्कासहित ३७ र परगत सिंहले ४२ रन जोडे ।

ओमानका सकिल अहमद, कलिमुल्लाह, फयाज बटले २-२ विकेट लिए ।

क्यानडा १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमाछ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमाछ । ओमान भने ६ खेलमा ५ अंकका साथ छैटौं स्थानमाछ । क्यानडाले आइतबार नेपालसँग खेल्नेछ । क्यानडाले पहिलो खेलमा नेपाललाई १०३ रनले हराएको थियो ।

 

आईसीसी विश्वकप लिग २
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय