+
+

‘सानो संसार’लाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते ९:४१

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सानो संसार’लाई सेन्सर बोर्डले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो फिल्मलाई अब सबै उमेरका दर्शकले हलमा हेर्न पाउनेछन् ।

बोर्डले फिल्मको रनटाइम २ घण्टा २२ मिनेट ३७ सेकेण्डमा सीमित गरिदिएको छ ।

अर्जुन कुमारद्वारा निर्मित यो फिल्मले यसअघि सार्वजनिक भएका प्रचार सामग्रीमार्फत राम्रो हाइप बनाइसकेको छ । ट्रेलरलाई पनि दर्शकलेरुचाएका छन् । ट्रेलरमा एक मध्यमवर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ ।

अधिकांश कलाकार नयाँ भए पनि उनीहरुको अभिनय अब्बल देखिएको छ । साधारण विषयवस्तुमा पनि आकर्षक फिल्म बनाउन सकिन्छ भन्ने सम्भावना यो फिल्मको सार्वजनिक ट्रेलरले पुष्टि गरेको छ । फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् ।

फिल्मलाई सेन्सर बोर्डका सदस्यले पनि रुचाएको निर्माता अर्जुन कुमारले बताए ।

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ । राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।

यी सबै कलाकारले यही फिल्ममार्फत रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा यो फिल्म निर्माण भएको छ । अर्जुन कुमार निर्माता रहेको फिल्मका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले फिल्मलाई संयुक्त रुपमा प्रदर्शन गर्नेछन् ।

पुडासैनीले यो फिल्मबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई पटकथा लेखनमा सरिश्मा खत्रीले सघाएकी छन् । प्रवीण खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?