+
+

दिल्लीकी मुख्यमन्त्री बनिन् आतिशी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते १७:०३

४ असोज, काठमाडौं । आम आदमी पार्टीकी नेता आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बनेकी छन् । उनले शनिबार नै उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन् । यसअघि भारतीय जनता पार्टी (बीजेपी) की सुश्मा स्वराज र कांग्रेसकी शिला दीक्षित मुख्यमन्त्री भएकी थिइन् । स्वराज जम्मा ५२ पदन मुख्यमन्त्री रहिन् भने शिला तीन पटक गरी १५ वर्षभन्दा बढी दिल्लीमा शासन गरिन् ।

आतिशीको कार्यकाल चार महिना हुनेछ । किनकी फेब्रुअरी २०२५ मा विधानसभा चुनाव हुनेछ । आम आदमी पार्टीले केजरीवाललाई नयाँ मुख्यमन्त्रीका रुपमा अघि सारिसकेको छ ।

उनी २०१३ देखि (राष्ट्रपति शासन लागू भएको समय बाहेक) दिल्लीको मूख्यमन्त्री थिए । तर पछिल्लो पटक मदिरासम्बन्धी नीति बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरे । करिव ६ महिना हिरासतमा रहेका अरविन्द केजरीवाल अदालतको आदेशमा छुटे । तर तिहाड जेलबाट छुटेको दुई दिनपछि उनले आफूमाथि झुटो आरोप लागकोले जनताको परीक्षामा जाने भन्दै राजीनामा दिने घोषणा गरे । मंगलबार आम आदमी पार्टीको विधायक मण्डलको बैठक राखेर आतिशीलाई दल नेता चुने ।

त्यही दिन केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिए भने आतिशीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गरिन् ।

शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् । कैलाश गेहलोत, गोपाल राय, शौरभ भारद्धाज, इमरान हुसेन र मुकेश अहलावतले मन्त्री बनेका छन् ।

मुकेश नयाँ अनुहार हुन्, अरु चाहिँ केजरीवाल क्याबिनेटमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?