+

एएफसी यू-२० एसियन कप छनोट : कम्बोडियासँग नेपाल ४-१ ले पराजित

२०८१ असोज  ५ गते १८:२१ २०८१ असोज ५ गते १८:२१
एएफसी यू-२० एसियन कप छनोट : कम्बोडियासँग नेपाल ४-१ ले पराजित

५ असोज, काठमाडौं । एएफसी यु-२० एसियन कप छनोट अन्तर्गत समूह बी को पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ ले पराजित भएको छ ।

चाइनिज ताइपेइको न्यू ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा शनिबार भएको खेलमा कम्बोडियालाई जित दिलाउन फान भ्रेएक, फोउक थाथाई, मिएन चानरिथ र इभ सोभन्नाराले गोल गरे । नेपलाका लागि समिर तामाङले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै फानले गोल गर्दै कम्बोडियालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै थाथाईले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा नेपालका समिरले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर दोस्रो हाफमा कम्बोडियाले दुई गोल थप्यो । ६१औं मिनेटमा चानरिथ र ८३ औं मिनेटमा सोचन्नाराले गोल गर्दै कम्बोडियालाई फराकिलो जित दिलाए ।

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार घरेलु टोली चाइनिज ताइपेइको सामना गर्नेछ ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय