+

रियल मड्रिडको सहज जित

२०८१ असोज  ६ गते ७:५२ २०८१ असोज ६ गते ७:५२
रियल मड्रिडको सहज जित

६ असोज, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा स्पानयोलमाथि ४-१ को सहज जित हात पारेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आत्मघाती गोलबाट रियल सुरुमा पछि परेपनि रियलले पुनरागमन गर्दै जित निकालेको हो ।

रियलको मैदानमा भएको खेलको ५४औं मिनेटमा गोलकिपर थिबाउट कोर्तवाले आत्मघाती गोल गरेपछि स्पानयोलले अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समय टिकेन । ५८औं मिनेटमा रियलका लागि डानी कार्भाजलले बराबरी गोल फर्काए ।

७५औं रोड्रिगो र ७८औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपछि रियलले ३-१ को अग्तरा बनायो । त्यसपछि केलिएन एमबाप्पेले ९०औं मिनेटमा पेनाल्टीबाट गोल थपेका थिए ।

जितपछि ६ खेलबाट १४ अंक जोडेर रियल अंकतालिकामा दोस्रो स्थानमा छ । रियलले ४ खेल जित्दा २ खेल बराबरी खेलेको छ ।

रियल एक खेल कम खेलेको बार्सिलोनाभन्दा १ अंकले पछि छ । ५ खेल खेलेको बार्सिलोना शतप्रतिशत जितसहित १५ अंक जोडेर शीर्ष स्थानमा आसिन छ ।

रियल मड्रिड स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय