+

अन्तर्राष्ट्रिय चेसमा नेपालका विवेक थिङ दोस्रो भए

२०८१ असोज  ६ गते ८:३६ २०८१ असोज ६ गते ८:३६
अन्तर्राष्ट्रिय चेसमा नेपालका विवेक थिङ दोस्रो भए

६ असोज, काठमाडौं । युरोपको हंगेरीस्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा विवेक थिङ दोस्रो भएका छन् ।

उनले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गरे । यससँगै नेपालका सिएम विवेक थिङले नौ चरणको खेलवाट ८ अंक प्राप्त गर्दै दोस्रो स्थानमा प्रतियोगिताको अन्त्य गरेका हुन् । उनले ३ सय युरो पुरस्कार प्राप्त गरेका छन्।

विश्वका विकसित राष्ट्रहरु अमेरिका, जर्मनी, डेनमार्क, हंगेरी, नाइजेरिया, पेरु, रोमानिया, यूएई, युक्रेन, घाना, इटलि र नेपालका २८ अन्तर्राष्ट्रिय खेलाडीहरूको बीच कडा प्रतिस्पर्धा भएको खेलमा नेपालका विवेकले उत्कृष्ट प्रदर्शन गरे ।

‘नेपाल बुद्धिचाल महासंघले हंगरिको खेलमा सहभागी हुने मौका दिएको हो । मैले राष्ट्रको लागि खेलेर दोस्रो स्थान प्राप्त गर्न सफल भएँ । हामी खेलाडीहरुलाई थोरै भए पनि राज्यले लगानी गरिदिए जस्तोसुकै खेलमा राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने आत्मविश्वास छ,’ विवेकले बुढापेष्टबाट पदक जितेपछि भने ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको तेस्रो चरणमा विवेकले पराजित गरेका हंगेरियन आईएम मेस्जारोस् आन्द्रासले समान ८ अंक बटुल्दै बुकोल्ज र प्रोग्रेसिभ अंक ३७.५ को आधारमा विजेता बनेका छन् ।

चेस प्रतियोगिता बुद्धिचाल विवेक थिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय