+
+

जुवातास खेलेको आरोपमा ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १२:५९

६ असोज, काठमाडौं । जुवातास खेलेको आरोपमा सात जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका-३ पिखेलबाट प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

पिखेलस्थित जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपककुमार केसीसमेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९५० रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताअनुसार जुवातास तथा सट्टेबाजी खेल्नु खेलाउनु नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?