+
+

साउथ स्टार प्रकाश राजले काठमाडौंमा थाले ‘ज्याक’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १४:३८
छायांकन सेटमा पुगेपछि अभिनेता प्रकाशराज

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रकाश राजले आइतबारदेखि नेपालमा आगामी तेलुगु फिल्म ‘ज्याक’को छायांकन थालेका छन् । छायांकन एक साता चलेपनि उनी भने आइतबारबाट मात्रै जोडिएका हुन् ।

छायांकन सेटबाट प्राप्त तस्वीरमा प्रकाशलाई देख्न सकिन्छ । बोमारिल्लु भास्करले निर्देशन गरिरहेको यो फिल्मको आइतबार प्रकाश राज र अर्का अभिनेता रविप्रकाशको दृश्यको छायांकन गरिएको छ ।

अबको १० दिनसम्म प्रकाशले काठमाडौंका उपत्यकाका विभिन्न स्थानमा हुने छायांकनमा सहभागी हुनेछन् । उनीसहित साउथ इण्डियाबाट आएका १५ भन्दा बढी कलाकार यसमा छन् । केही नेपाली सहायक कलाकारले पनि काम गरिरहेका छन् ।

प्रकाश राजले आइतबारदेखि छायांकन थालेको फिल्मको निर्माण नियन्त्रक पुष्कर लामाले अनलाइनखबरलाई बताए । तेलुगु फिल्म ‘टिल्लु स्क्वायर’बाट उनी चर्चामा छन् । वैष्णवी चैतन्य अभिनेत्रीको रुपमा छिन् । वेंकटेश्वर सिने चित्रले फिल्म निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?