+

नेपालविरुद्ध क्यानडा : हेड टु हेड

२०८१ असोज  ६ गते १४:५७ २०८१ असोज ६ गते १४:५७
नेपालविरुद्ध क्यानडा : हेड टु हेड

६ असोज, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ मा आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राती ८ : ४५ मा किंग सिटीमा सुरु हुनेछ ।

बुधबार नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भएको थियो । नेपालले ओडीआईमा क्यानडासँग हारेको यो एकमात्रै खेल हो ।

नेपालले गत फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा क्यानडासँग तीन खेलको ओडीआई सिरिजमा क्लिनस्वीप गरेको थियो । फेब्रुअरी ८ मा नेपाल र क्यानडाबीच ओडीआईमा पहिलो पटक टीयुमा प्रतिस्पर्धा भएको थियो ।

उक्त खेलमा २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अल आउट भएको थियो । क्यानडा ३७.२ ओभरमा १८९–४ को बलियो अवस्थाबाट हार्दा रोहित पौडेलले ४ विकेट लिएका थिए ।

फेब्रुअरी १० मा नेपालले दोस्रो ओडीआईमा २८६ रनको लक्ष्य ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा नेपालबाट अनिल शाह ५०, रोहित पोडेल ८७ र देव खनालले ७६ रन बनाएका थिए ।

फेब्रुअरी १२ मा नेपालले २३३ रनको लक्ष्य ४४.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । अनिल शाहले ११२ र भीम सार्कीले १०१ रनको शतकीय इनिङ खेलेका थिए । समग्रमा नेपाल र क्यानडाबीच ओडीआईमा चार खेल भएकोछ । नेपाल ३ खेलमा जित र १ खेलमा पराजित भएकोछ ।

क्यानडा नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय