+
+

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

खानामा अरुचि

मिर्गौलामा समस्या हुँदा शरीरमा विषाक्त पदार्थ र फोहोरको सञ्चयले खानमा रुचि नहुने हुन्छ ।

खुट्टा तथा शरीर सुन्निने

जब मिर्गौलाले राम्रोसँग काम गर्न छोड्छ, सोडियम शरीरमा जम्मा हुन थाल्छ र खुट्टा तथा शरीर सुन्निने हुन्छ ।

Advertisement

कमजोरी र थकान

कमजोरी र थकान महसुस हुनु मिर्गौला समस्याको प्रारम्भिक लक्षण हो । मिर्गौला रोग बढ्दै जाँदा, पहिले भन्दा कमजोर र धेरै थकित महसुस हुन थाल्छ ।

धेरै पटक पिसाब

सामान्य व्यक्तिलाई दैनिक ६ देखि १० पटक पिसाब लाग्छ । यो भन्दा धेरै पटक पिसाब गर्नु मिर्गौलामा समस्या भएको संकेत हो ।

पिसाबमा प्रोटिन

पिसाबमा प्रोटिन गएको छैन भने मिर्गौलासम्बन्धी रोग लागेको हुन सक्छ ।