+
+

भिटेनको ट्याटुमा के छ ?

छातीभरी ट्याटु

भिटेनले इन्स्टाग्राम स्टोरीबाट सार्वजनिक गरेको एक तस्वीरमा उनको छातीभरी ट्याटु नै ट्याटु देखिन्छ ।

किन खोपाए ?

उनले यो ट्याटु आफ्नो नयाँ म्युजिक भिडियो छायांकनको लागि खोपाएका हुन् या स्थायीरुपमै । यसबारे उनले जनाएका छैनन् ।

Advertisement

प्रहरीमाथि आक्रोस ?

छातीमा खोपिएको ट्याटुमा लेखिएको छ, ‘द क्रिमिनल कप, किलिङ हिपहप’ (एक अपराधी प्रहरीले हिपहपलाई मारिरहेको छ) ।

‘यस्तै त हो नि ब्रो’

‘यस्तै त हो नि ब्रो’ गीतमा छाडा शब्द प्रयोग गरेको भन्दै प्रहरीले उनलाई २०७६ कात्तिक ७ गते पक्राउ गरेको थियो ।

प्रहरीप्रति वास्तवमै क्रुद्ध छ

गीत मात्र होइन, उनी प्रहरीप्रति वास्तवमै क्रुद्ध छन् ? छातीमा खोपेको ट्याटुका केही शब्दले त्यही संकेत गर्छ ।

अभद्र व्यवहारको मुद्दा

वास्तविक समीर घिसिङ भएपनि, उनी भिटेन नामले चर्चामा छन् । उनलाई प्रहरीले पक्राउपछि अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।