+
+

श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको गणना हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १७:०६

६ असोज, काठमाडौं । श्रीलंकामा भएको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न सकेनन् । अब दोस्रो राउण्डको मत गणना हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार अनुरा कुमारा दिसानायके (एकेडी) र सजीथ प्रेमदासालाई छाडेर बाँकी उम्मेदवार दौडबाट बाहिर भएका छन् । निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि राष्ट्रपतिको दौडबाट बाहिरिएका हुन् ।

यद्यपि उसले औपचारिक रुपमा कुन उम्मेदवारले कति मत पायो भनेर सार्वजनिक गरेको छैन । श्रीलंकन सञ्चार माध्यमहरुका अनुसार (एकेडी) ले झण्डै ४३ मत प्रतिशत मत पाउँदा प्रेमदासाले करिव ३३ प्रतिशत मत पाएका छन् ।

श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । यदि कुनै पनि उम्मेदवारले त्यो मत पाउन सकेनन् भने मतदाताले दोस्रो र तेस्रो छनोटका रुपमा दिएको मत गणना हुने व्यवस्था छ ।

यसका लागि मतपत्रमा दोस्रो र तेस्रो छनोट व्यक्त गर्ने व्यवस्था समेत गरिएको हुन्छ । अब दोस्रो चरणको गणनामा एकेडी र प्रेमदासामध्ये जसलाई दोस्रो छनोटको मत दिएको हुन्छ, त्यसलाई त्यो भोट गएको मानिनेछ ।

पहिलोसँगै दोस्रो छनोट बाहिरिसकेका उम्मेदवारलाई दिएको रहेछ भने तेस्रो काउन्ट हुनेछ र, यो एकेडी र प्रेमदासामध्ये जसलाई दिएको हुन्छ, उसलाई यो भोट जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?