+

वुमन्स लिग : गिफ्टीको गोलमा बागमतीलाई राहत

२०८१ असोज  ६ गते १७:२१ २०८१ असोज ६ गते १७:२१
वुमन्स लिग : गिफ्टीको गोलमा बागमतीलाई राहत

६ असोज, काठमाडौं । एन्फा वुमन्स लिग २०२४ अन्तर्गत सातौं चरणको खेलमा बागमती युथ क्लबले कर्णाली प्रदेशविरुद्ध १–० को जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा इन्जुरी समयमा बागमती युथ क्लबका लागि गिफ्टी अचुङपोङले गोल गर्दै बागमती लाई महत्वपूर्ण ३ अंक दिलाइन् ।

९० मिनेटको निर्धारित समयमा शुन्यको बारबरीमा खेलिरहेको दुवै टिमका लागि ७ मिनेटको इन्जुरी समय थप गरिएको थियो । इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै गिफ्टीले बागमतीको अंक् तालिकालाई केही उकास्न मद्धत गरिन् ।

बागमती ७ खेलमा २ जित , १ बराबरी र ४ हारसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

कर्णाली भने ७ खेलमा १ जित १ बराबरी र ५ हारसहित तालिको नवौं स्थानमा रहेको छ ।

गिफ्टी वुमन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय