+
+

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

मुन्धुम पदमार्ग

भोजपुर र खोटाङ जिल्लामा पर्ने मुन्धुम मार्गलाई नेपाल सरकारले समेत घुम्नै पर्ने गन्तव्यको सूचिमा राखिसकेको छ । दशैं घुमघामका लागि यो राम्रो गन्तव्य हुनसक्छ ।

कालिन्चोक

काठमाडौंबाट दुई दिनको समय छुट्याउने हो भने सजिलै फिर्ता हुन सकिने गन्तव्य हो दोलखा भिमसेन र कालिन्चोक । काठमाडौंबाट हिँडेको पहिलो दिनमै दोलखा सदरमुकाम चरिकोट पुगी त्यहाँबाट भिमसेन मन्दिरको दर्शन गर्न सकिन्छ ।

Advertisement

रारा

रारा आम नेपालीका लागि अब सहज गन्तव्य बनिसक्यो । स्थानीय व्यवसायीले यहाँ प्याकेज समेत शुरु गरेका छन् । होमस्टेहरु खुलेका छन् ।

खप्तड

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको शिरका रुपमा रहेको खप्तडमा एक साताको भ्रमण योजना बनाएर जाने हो भने आरामसँग घुमफिर गर्न सकिन्छ ।

शुक्लाफाँटा

पश्चिम तराईमा घुमफिरको योजना बनाउने हो भने पुग्नै पर्ने गन्तव्य हुन्, बाँके, बर्दिया र कञ्चनपुरको शुक्लाफाँटा ।

जोमसोम–मुक्तिनाथ

दशैं बिदाको रोमाञ्चक यात्राका लागि पोखरा–मुस्ताङ छुटाउनै नमिल्ने गन्तव्य हुन् ।

सन्दकपुर

इलाम र दार्जिलिङको सीमावर्ती पर्यटकिय क्षेत्र सन्दकपुर पनि दशैंको मेसोमा घुमघाम गर्न सकिने गन्तव्य हो ।